नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले ओली राम्रो मान्छे भएको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताएका हुन् ।
देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन नै दिए । उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कहिले पनि धोका नदिएको तर प्रचण्डबाट पटक–पटक धोका खाएको बताए ।
‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी‚’ उनले भने‚‘दुःख गरेको राम्रो मान्छे हो उहाँ ।’
देउवाले समानुपातिक समावेशी व्यवस्था रहेसम्म एकल पार्टी बहुमत आउन नसक्ने बताए । सोही कारण कोही न कोही दलसँग मिलेर गठबन्धन बनाउनुको विकल्प नभएको उनले बैठकमा स्पष्ट धारणा राखे ।
‘कुनै पनि पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीको बहुमत आउँदैन‚’ देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने‚‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’
सभापति देउवाले वर्तमान सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान गठबन्धनको विपक्षमा नलाग्न पनि अनुरोध गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने