गण्डकी प्रदेशमा नयाँ सत्ता समिकरण अनुसार सरकार बन्न नसकिरहँदा संघीय सरकारका प्रवक्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।
यहाँ सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कडा टिप्पणी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत गरिरहेको बताए ।
शनिबार पोखरामा प्रेस चौतारी गण्डकीको पत्रकार सम्मेलनमा भने, ‘कहीँ नभएको जात्रा गण्डकीमा भइरहेको छ ।’
उनले असन्तुष्टि व्यक्त गरेको मुख्य विषय यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुन: सरकारमा सहभागी गराउनु हो ।
उनले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दु:खमा साथ दिएको भनेर समीकरणभन्दा बाहिरकोलाई मन्त्री बनाउन नहुने तर्क गरे ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत काम गरिरहेको बताउँदै मन्त्री गुरुङले गण्डकी सरकार कसैको निजी कम्पनी नभएको बताए ।
‘मलाई दु:खमा साथ दिएको भन्नुहुन्छ । यो उहाँको निजी शासन हो र ? उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि !’, उनले भने, ‘अहिले त माथिको समीकरण हुनुपर्छ । उहाँले त अगाडिको प्रणाली चलाइरहनुभएको छ, यो गलत कुरा हो ।’
मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएका व्यक्तिलाई मन्त्री कायमै राख्न चाहेको भए कांग्रेसकै भागबाट राख्न सुझाव दिए । उनले भने, ‘पहिले सहमति गर्ने ४/४ भाग पर्यो भने त्यसभित्रबाटै उहाँले मिलाउने हो । यसमा हाम्रो धेरै टाउको दुखाई छैन ।’
यसअघि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई एमालेका खगराज अधिकारी आएपछि ७ वटामा झारेका थिए ।
त्यसपछि २ पटकसम्म सर्वोच्चमा मुद्दा दायर गरेर ठूलो दलको नेताका हिसाबले अदालतको आदेशअनुसार नै नियुक्त भएका मुख्यमन्त्री पाण्डेले दीपक मनाङे र फणीन्द्रको सहयोगमा विश्वासको मत पाएका थिए ।
मुख्यमन्त्री पाण्डेले तिनै फणीन्द्र र मनाङेलाई जसरी पनि मन्त्री कायमै राख्न खोज्दा सत्तारुढ दलबीच भागबन्डामा सहमति हुनसकेको थिएन । उनीहरू दुवैजना केन्द्रको सत्ता समीकरण बाहिरका सांसद हुन् ।
माओवादी दलकै चुनाव चिन्ह लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका फणीन्द्रकै कारण काँग्रेसका पाण्डे सरकारले विश्वासको मत प्राप्त गर्दै निरन्तरता पाएको थियो ।
मनाङेले पनि पुनः पाण्डे पाण्डेलाई साथ दिँदा एमाले र माओवादी विपक्षी कित्तामा पुगेको थियो । त्यसैले एमाले फणीन्द्रप्रति अनुदार छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते