म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो ।
नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मङ्गलाघाट बजारमा शुक्रबार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो ।
करिब ३० जना बढी युवायुवती र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
उनका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।
नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ । भिक्षामा सङ्कलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो ।
यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताए ।
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने