प्रचण्ड अराजनीतिक रुपमा प्रस्तुत भए: महासचिव पोखरेल

नेकपा एमाले गण्डकीको दोश्रो बैठक

प्रचण्ड अराजनीतिक रुपमा प्रस्तुत भए: महासचिव पोखरेल

uml-gandaki-meeting-scaled

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताएका छन् ।

शुक्रवार पोखरामा आयोजित नेकपा एमाले गण्डकी प्रदेशको दोस्रो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आफ्ना पार्टीका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने बताए ।

‘माओवादी अध्यक्ष प्रचण्ड संसदमा अराजनीतिक र असंसदीय रुपमा प्रस्तुत हुनुभयो, हाम्रा नेता कार्यकर्ता त्यस्तो हुनुहुँदैन ।’
जनयुद्धका नाममा माओबादीका कार्यकर्ता मात्रै मारिएनन् एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिँसालाइ शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको बताए ।

महासचिब पोखरेलले आन्तरिक प्रतिष्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्बाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४को तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले एमाले जनताको रोजाइको बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन ८४ को अभियान भएको बताए ।

महासचिब पोखरेलले काँग्रेस एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको संचार जगाउन भएको उल्लेख गर्दै देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्य गर्न सरकार लागीपर्ने वताए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिब पृथ्बी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आबश्यकता भएको भन्दै सरकार देशमा बिकासको खाका कोर्दै प्रतिफलमा केन्द्रीत भएको बताए ।

सरकारका प्रबक्त्ता एबम सुचना तथा संचार मन्त्री समेत रहेका उपमहासचिब गुरुङले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै सरकार सफल हुन पार्टी सहित सबै जनसंगठनहरू सक्रिय रूपले परिचालित हुनुपर्ने उल्लेख गरे । रचनात्मक तवरले समयानुकुल कार्य सम्पादनमा जुट्न आग्रह गर्दै गुरुङले परिष्कृत शैलीले जनताको काम गर्न आग्रह गरे ।

एमालेका केन्द्रीय सचिब गोकर्ण बिष्टले अत्यन्त जटिल अबस्थामा नेकपा एमालेले सरकारको नेतृत्व लिएको र यो चुनौतीलाई अबसरमा बदलेर देशमा पूर्ण आशाको संचार गर्नुको विकल्प नभएको बताए । परिणामलाइ निर्धारित गरेर अगाडी बढ्न सबै पार्टी पंक्ति लाग्नु पर्ने भन्दै बिष्टले युबा पलायन लगायतका गम्भीर समस्या निराकरण गर्न एमालेको सरकार केन्द्रीत भएको जानकारी दिए ।

गण्डकी प्रदेशका इन्चार्ज पार्टीं स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हुदा जनताका आबश्यकता र सरोकारका बिषयमा केन्द्रीत हुन् आग्रह गर्दै जनताको सुख दुखको सारथि बन्न नेता कार्यकर्तालाई आग्रह गरे ।

गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी शुरु भएको जानकारी दिँदै छिट्टै सो पूरा गरेर सम्बृद्ध प्रदेश सुखी प्रदेशबासीको सपना पुरा गर्न लागि पर्ने उल्लेख गरे ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिबिधि र कार्यक्रमको जानकारी दिदै आगामी कार्ययोजनाका बारेमा बताए । बैठकले पार्टीका सांगठनिक सहित जनसरोकार र जनजीविकाका सबालमा बार्षिक कार्ययोजना निर्माण गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds