पोखरा । बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाएका २ जना कारागार चलान भएका छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–६ बस्ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका–७ बस्ने ४३ वर्षीय पवन नेपाल शुक्रबार जेल चलान भएका हुन् ।
उनीहरूले बीमाको रकम दाबी गर्न साउन १६ गते लेकसाइडमा गहतराजले चलाइरहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको हो । प्रहरीले उनीहरुविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाएको हो ।
पोखराको लेकसाइड, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा गत साउन १६ गते राति भएको आगोलागीमा डेढ करोड बराबर क्षति भएको बताइको थियो । विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि बीमाको लोभले पसल सञ्चालक आफैले लगाएको खुलेको थियो ।
पोखरा १७, ड्यामसाइडका गहतराज पसल संचालक हुन् । उनले डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए ।
आगो लागेपछि पसल संचालक सुजन गहतराले पसलमा के कसरी आगो लागेको हो भनी गत १७ साउनमा वडा प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए । उनले पसलको बीमा नगराएको बताए ।
प्रहरीले सुरुदेखि नै सुजन र आगलागी घटनालाई शंकालु पारेर हेरिरहेको थियो । त्यसै क्रममा प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझ्यो । इनभटरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने जवाफ प्रहरीले पायो । विद्युत प्राधिकरणसँग बुझ्दा पनि बिजुलीमा कुनै कैफियत नरहेको जवाफ आयो ।
अनुसन्धानका क्रममा उक्त पसलको पोखराकै न्यूरोडस्थित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट २ करोड १० लाख बराबरको बिमा गराएको र पसलमा आगो लागेको भनी गत १७ साउनमा बीमा दाबीको मागका लागि निवेदन समेत पेस भएको भेटियो ।
योजना बुनेरै उनले बिमा गराएको र त्यही अनुसार आगजनी गरेको भन्ने प्रहरीको आशंका सत्य सावित भयो ।
आगलागीको योजना
घटना हुने राति सुजनले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेका हुन्छन् । रातको अन्दाजी ११ बजे सुजनले साथी पवन नेपाललाई बोलाउँछन् ।
उनीहरुले पोखरा १७ ड्यामसाइडको फेवा झिर रेष्टुरेण्टमा ५ वटा बियर पिउँछन् । पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने नेपालको सुझावअनुसार त्यही राति नै आगो लगाउने सरसल्लाह हुन्छ ।
पसल सञ्चालकको पसल खासै धेरै नचलेको र सामान ठूलो मात्रामा स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा विवाद रहेको प्रहरीले बताएको छ । शंका लागेर सुजनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सबै काम योजना अनुसार नै गरेको स्वीकार गरेका छन् ।
पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट पवनले इन्स्योरेन्सबाट ३१ लाख रुपैंया पाएका थिए । त्यसैबाट प्रभावित भएर आफूले योजना बनाएको सुजनले स्वीकारेका छन् ।
गहतराजले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन् । उनीहरु सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन् । उनीहरु दुवैजना १०/१५ मिनेट भित्र बसी बाहिर निस्की सुजनले सटर लगाइ हतारहतार गाडी लिएर तालबाराही स्कुल गएका थिए । त्यतिबेला पवन पसलकै बाहिर बसेका थिए । एकछिनपछि पवनले सलाई कोरेर फाली गाडीकै पछि लागेका थिए ।
प्रहरीका अनुसार सुजन यसअघि जुवामुद्दामा पक्राउ परी छुटेका थिए । पवन भने यसअघि यस्ता घटनामा संलग्न भएको नपाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने