स्याङ्जामा बालिका करणी गर्ने एक युवक पक्राउ

स्याङ्जामा बालिका करणी गर्ने एक युवक पक्राउ

arrest pic

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जाबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका -७ ठुलाडीही बस्ने २० वर्षीय बसन्त रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पीडितको जाहेरीका आधारमा रेग्मीलाई पक्राउ गरी स्याङ्जा अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी रानाले बताए । प्रहरीले बुधबार नै रेग्मीलाई पक्राउ गरेको थियो ।

प्रहरीले रेग्मी विरुद्ध जबर्जस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ