पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ ।
हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर ७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको विश्वास छ ।
पश्चिम नेपालमै मेडिकल शिक्षा र स्वास्थ्य सेवामा नेतृत्व गर्दै आइरहेको खुमा अर्याल नेतृत्वको समूहले पोखरामा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर चलाइरहेको छ । यो समूहले पोखरा–९ नयाँबजारस्थित सञ्चय कोषको भाडाको भवनबाट पोखरा–२७ रिठ्ठेपानीमा मेडिकल कजेल र अस्पतालसहितका पूर्वाधार बिस्तार गर्न लागेको छ ।
गण्डकी मेडिकल कलेजको रिठ्ठेपानीमा बिस्तार हुन लागेको पूर्वाधारको अध्यक्ष खुमा अर्यालले विहीबार शिलान्यास गरेका छन् ।
अहिले भइरहेको कलेजलाई सिटी अस्पतालको रुपमा सञ्चालन गरेर विशिष्टीकृत र थप सेवा थप्दै रिठ्ठेपानीमा अस्पताल निर्माण गर्ने गरी भवन शिलान्यास गरिएको हो ।
गण्डकी प्रदेश क्षेत्रकै स्वास्थ्य सेवालाई व्यवस्थित र सुलभ बनाउनका लागि रिठ्ठेपानीमा शैक्षिक भवन र अस्पतालको शिलान्यास गरिएको अध्यक्ष अर्यालले बताए ।
भैरहवामा युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सको सेवा विस्तार गरेपछि अब गण्डकी मेडिकल कलेजको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा बिस्तारका लागि पूर्वाधार निर्माणमा जोड दिइएको अर्यालको भनाइ थियो ।
स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई सुदृढ गराउन लागिएको उनले बताए । केही समयअघिमात्र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर अस्पतालमा पनि आफूहरुको सहभागिता रहेको र समग्र पश्चिम नेपालको स्वास्थ्य सेवा सुरक्षित गर्न लागेको अर्यालको दाबी छ ।
रिठ्ठेपानीमा बन्ने अस्पतालको निर्माण दुई वर्षभित्र निर्माण सक्ने योजना अर्यालले सुनाए । अस्पतालदेखि नजिकै अर्को शैक्षिक भवन निर्माणको पनि शिलान्यास गरिएको छ ।
२०६४ सालमा स्थापना भएको गण्डकी मेडिकल कलेजले स्वास्थ्य सेवासँगै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने काम पनि गर्दै आइरहेको छ । अहिलेसम्म कलेजमा ५ अर्ब लगानी भइसकेको दाबी व्यवस्थापनको छ ।
‘पोखरा–९ स्थित कलेजको अस्पताल सञ्चालन भइरहेकोमा जनघनत्व बढ्दै गएको तथा अस्पतालमा सेवाग्राहीको चापसमेत अत्याधिक बढ्दै गएकाले हाल सञ्चालनमा रहेको अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गरी कम्पनीको आफ्नै स्वामित्वमा रहेको रिठ्ठेपानीको जग्गामा बिडिएस, नर्सिङ तथा अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरुहेको पुरानो भवनको स्थानमा करिब ४ लाख ५० हजार वर्गफितको विशिष्टीकृत ७ सय ५० बेडको अत्याधुनिक शिक्षण अस्पताल बनाउन लागेको हो,’ अध्यक्ष अर्यालले भने ।
गण्डकी मेडिकल कलेजबाट स्नातक (एमबिबिएस) बिडिएसतर्फ ६ सय ५९ र नर्सिङ तथा एलाइड साइसेन्सेजतर्फ २ सय २१ ज्ना, स्नातकोत्तरमा एमडी/एमएस तथा एमपिएचतर्फ गरी ५० जना जनशक्ति उत्पादन भइसकेका छन् ।
नयाँ भवनबाट स्वास्थ्य शिक्षालाई अझै व्यवस्थित बनाउने कलेजका प्रमुख प्रशासकीय अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । अहिले पनि मेडिकल शिक्षा प्रदान गर्ने कलेज सोही ठाउँमै छ ।
अहिले कलेजमा मेडिकल शिक्षासँगै ब्लड बैंक, अत्याधुनिक एमआरआई, सिटी स्क्यान, क्याथल्याबसहितको ह्दयरोग केन्द्रमार्फत विरामीको उपचार भइरहेको छ । पोखराको गण्डकी मेडिकल कलेजमा मुटुसँग सम्बन्धित क्याथल्याब सेवा सुरु भएपछि विरामी काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालमा अत्याधिक चापका कारण २४ सै घन्टा सेवा पनि प्रदान गरिएको डायलाइसिस सेवालाई पनि व्यवस्थित गरिने डा. श्रेष्ठले बताए ।
‘पोखरामा क्यान्सरकै लागि भनेर छुट्टै अस्पताल छैन । हामीले क्यान्सरलाई उपचारलाई अझै फोकस गर्ने छौं । मिर्गौला प्रत्यारोपणका लागि पनि पूर्वाधार तयार पार्न लागिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत डा. श्रेष्ठले भने ।
कलेजका डा. राम अधिकारीका अनुसार यो अस्पतालबाट बर्सेनि २ लाख बिरामीले उपचार सेवा पाएका छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते