२०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत मुकाम रणमैदानले प्राप्त गरेको छ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।
प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।
पत्रकार र वृत्तचित्र निर्माता मोहन मैनालीले लेखनमा विशिष्ट छवि बनाएका छन्।
उनको उपल्लो थलो (सन् २०२०), लदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन्
त्यस्तै उनले निर्माण गरेको जोगीमाराका ज्युँदाहरू नामक वृत्तचित्रले ख्याती कमाएको थियो।
मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल-अंग्रेज युद्धसँग सम्बन्धित छ। अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपिवद्ध गरेका छन्। किताब अनुसन्धानमूलक गैरआख्यान हो। उनको छवि पनि गैरआख्यान लेखनमै बनेको छ।
जगदम्बा–श्री अर्पण गरिएका यादव भाषाशास्त्री हुन्। उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए। उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत थिए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते