पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु

Blast_shutali_bomb

पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु भएको छ। दुई जना बालबालिका घाइते भएका छन्।

हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका थिए।

उनीहरुको पाँचथर अस्पतलामा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो। थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा प्रिन्साको राति बाटोमै ज्यान गएको र ११ वर्षीय दिप्सनको आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ।

९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार भइरहेको छ । घटनामा ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। बालबालिका खेलिरहेका बेला ठूलो आवाजमा केही पड्किएको सुनेपछि भेला भएका स्थानीयबासिन्दाले बालबालिकालाई घाइते अवस्थामा भेटेका थिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds