स्याङ्जाको पुतलीबजार नगरपालिका -३ मा केन्द्रीय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडको बिरुवा सेवा केन्द्रबाट रकम हिनामिनाका आरोप लागेका बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवर २० लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार सहकारीको रकम हिनामिना गरेको आरोपमा सम्पर्कबिहिन रहेका अध्यक्ष कुँवर बिहिबार आफैं अदालतमा उपस्थित भइसकेपछी जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले उनलाई पुर्पक्षका लागि धरौटीमा रिहा गरिएको हो ।
सहकारीका प्रबन्धक ध्रुव नारायण श्रेष्ठले गत साउन १० गते बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि स्याङ्जा प्रहरीले साउन ११ गते नै केन्द्र प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । वाग्लेले अनुसन्धानको क्रममा गाउँपालिका अध्यक्ष कुँवरसहित सहकारीको बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्र बहादुर केसी र मुक्तिनाथ बिकास बैंक लिमिटेड बिरुवा शाखाकी कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीको नाम पोलेका थिए ।
सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि तारेन्द्र बहादुर केसी र सन्ध्या भण्डारीलाई स्याङ्जा प्रहरीले साउन २८ पक्राउ गरेको थियो भने अध्यक्ष कुँवर सम्पर्कबिहिन रहेका थिए ।
सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेका वाग्ले र केसीलाई अदालतले गत भदौ ६ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो । त्यस्तै, आरोप लागेकी भण्डारीलाई एक लाख धरौटीमा रिहा गरेको थियो भने कुँवरलाई अदालतमा हाजिर हुन भनिएको थियो ।
सूर्योदय सहकारी ठगी प्रकरणपछि सहकारीमाथी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरेको थियो । छानबिनका क्रममा सावाँ र ब्याजसहित गरी ३ करोड ६६ लाख ९३ हजार रुपियाँ हिनामिना भएको देखिएको थियो ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो