बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस बाँकेको गनापुरमा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।
घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस अत्यधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते