पोखरा–जोमसोम उडान दुई महिनापछि सुरू

सेवा सुरू

पोखरा–जोमसोम उडान दुई महिनापछि सुरू

समिटले उडान थाल्यो, ताराले आगामि १८ भदौदेखि उडान गर्ने

jomsom airport summit

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण १७ असारदेखि स्थगित भएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले बिहीबार पाँचवटा उडान भरेको जानकारी दिए ।

‘मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा-जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,’ उनले भने, ‘निजी क्षेत्रको यति एयरलाइन्सको भगिनी कम्पनी तारा एयरको जहाजले १८ भदौदेखि उडान भर्ने तयारी गरेको छ ।’

पाँच उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए । बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकोप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ