पोखरा । पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन गरेका हुन् । पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालन गरिएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । योभन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रालि डायमण्डको सोरुम सञ्चालन आईसकेको उनले सुनाए ।
सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म हिराका गहनामा विशेष छुट प्रदान गरिने उनले जानकारी दिए । बिहान १० बजेदेखिसाँझ ६ बजेसम्म सोरुम खुला रहने अध्यक्ष गुमाजूले बताए ।

सोरुममा हिराबाट बनेका विभिन्न गहनाहरु उपलब्ध छन् । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका थियौं,’ उनले भने, ‘यो पटक पोखरामै अर्को सोरुमको शुभारम्भ गरेका हौं ।’ यसले हिराका गहनाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ ।
तीज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । कम्पनी अन्तर्गत पिएम कञ्चन आभूषण, कञ्चन आभूषण, कञ्चन ज्वेलर्स, कृस कञ्चन ज्वेलरी, पञ्चरत्न आभूषण र कञ्चन सिल्भर रहेका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो