पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब शृङ्खला ‘हेर्ने कथा’ को सहयोगमा परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन्।
गएराति गृहसचिव एकनारायण अर्याललाई बालुवाटार बोलाएर प्रकाशको नागरितकता बनाउन निर्देशन दिएको र केही दिनमै नागरिकता बन्ने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुई-चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’
‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दुःखद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।
तीन दशकअघि गलैँचा बुन्न दिदीसँग झापाबाट काठमाण्डौ आएका प्रकाश तामाङ काठमाण्डौबाट हराएका थिए । गोरखाको चुमभ्यालीमा भेटिएपछि ‘हेर्ने कथा’ ले अहिले भोजपुरमा रहेका प्रकाशका बाबुआमासहित आफन्तसँग पुनर्मिलन गराएको हो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने