हेमज । कास्की पोखरा महानगरपालिका वडा न.२५, हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजिक कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न.२५ हेमजा कार्यवाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्मोगका अध्यक्ष मिनराज तिम्सिनालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गरे । रक्तदानले परोपकार मात्र होइन, दातालाई स्वास्थ्य लाभ पनि हने धारण राखे ।
कार्यक्रममा सल्लाहकार विश्वराज अधिकारी, सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवि अधिकारी,लायन्स क्लब अफ हेमजा पोखराका अध्यक्ष सन्तमान क्षेष्ठ,ने.रे.सो हेमजा उपशाख सहसचिब कृष्ण बहादुर थापा साथै रक्त सञ्चार केन्द्रका कार्यालय प्रमुख महेश के.सी लगायतले शुभकामना दिए ।
हेमजा उद्मोग व्यवसाय समितिका अध्यक्ष मिनराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष शुसिला बास्तोलाले र सञ्चालन महसचिब राजेन्द्र प्रसाद बास्तोलाले गरे ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने