पोखरा । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्षयका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुङ्गेसाँघु सितापाईला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सामुहिक रुपमा दर खाने रकम संकलन गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको समुहकी अध्यक्ष सिता काप्mलेले जानकारी दिए ।
“समाजका विपन्न एवम् असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समुहले लिएको छ” उनले भने, आवश्यकता अनुसार समुहले सहयोगलाई निरन्तरता दिने छ ।”
यस अघि विद्यालय सञ्चानार्थ वडा सदस्य शिवराम भण्डारीले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । सरकारी एक वर्षको सेवा सुविधा तीन लाख र दुई लाख थप गरि विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए ।
विद्यालय सञ्चानार्थ एक करोडको अक्षयकोष पु¥याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवम् व्यक्तिबाट लगभग १५ लाख संकलन भएको उनको भनाई छ ।
कार्यक्रममा पोखरा १७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका शिक्षक तुलसी गिरीका अनुसार सो विद्यालयमा हाल ३७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पछिल्लो समय निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम बढेको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने