तनहुँमा गुडिरहेका ६ वटा गाडी ठोक्किए, ४ जना घाइते

दुर्घटना

तनहुँमा गुडिरहेका ६ वटा गाडी ठोक्किए, ४ जना घाइते

Bus-Thakkar

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा ६ वटा गाडी ठोक्किएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यसक्रममा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो ।

त्यसपछि जिपले ग १ ख ९५६१ नम्बरको बस, ना १ च ८४३४ नम्बरको जिप र ना २ ख ३७८९ नम्बरको माइक्रो बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुरुमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर लागेका सबै सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा घाइते भएकाहरुको लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ