गोरखामा अरिँगालले टोकेर एक जनाको मृत्यु

गोरखामा अरिँगालले टोकेर एक जनाको मृत्यु

aringal

गोरखा । गोरखामा अरिँगालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पालुङटार नगरपालिका – ९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार छिमेकीको घैया धान काट्न मेलामा गएको बेला कालो अरिङ्गालले टोकेको थियो ।

गम्भीर घाइते भएका कुँवरलाई स्थानीय स्वास्थ्यकर्मी घरमै उपचार थालिएको थियो । तर, उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ