स्याङ्जाभर तीज पर्व मौलिक रुपमा मनाउन प्रशासनको आग्रह

स्याङ्जाभर तीज पर्व मौलिक रुपमा मनाउन प्रशासनको आग्रह

syj dao

जिल्लाभर तीज पर्व मौलिक रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै हर्षोल्लासका साथ मनाइने हरितालिका तीज पर्व तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम नगरी मौलिक रुपमा मनाउन अनुरोध गरेको हो ।

महिलाहरूले महान चाड मानिने तीज पर्व परम्परागत मौलिक चरित्र र सामाजिक-सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने गरी अनावश्यक रूपमा खर्चिलो तथा भड्किलो हुँदै गएको, देखासिकीमा परिवारले धान्न मुस्किल पर्ने गरी फजुल खर्च गर्ने, प्रस्तुतीमा मौलिकता र व्यक्तिगत रचनाले प्राथमिकता पाउन छाडेको जस्ता गुनासा हुने भएकाले तीज पर्व मनाउँदा समाजको परम्परागत मौलिकता, सांस्कृतिक परम्परा र गौरव कायम राख्दै पर्व मनाउन प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

स्थानीय प्रतिभाको प्रस्फुटन हुने वातावरण प्रवर्द्धन गर्दै महिला / सामाजिक सशक्तीकरण, लैंगिक समानता र सामाजिक सद्भाव बढाउने गरी स्वस्थ र शान्तिपूर्ण रूपमा हार्दिकतापूर्वक ढंगले मनाउन सूचनामार्फत आग्रह गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ