[अपडेट] कास्कीको अन्नपूर्णमा बेपत्ता स्पेनी नागरिकको शव भेटियो, महिलाको खोजी कार्य जारी

[अपडेट] कास्कीको अन्नपूर्णमा बेपत्ता स्पेनी नागरिकको शव भेटियो, महिलाको खोजी कार्य जारी

spanish tourist

पोखरा । पर्यटकीय पदमार्ग  कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव भुरुङ्गदी खोलामा फेला गरेको छ । एक जना महिला अझै बेपत्ता छिन् ।

घोरेपानी हिँडेका स्पेनी नागरिक बर्ष ३७ का इरिक सोलेक कासानोभास (पुरुष) र बर्ष ३२ की मर्सी मोलास जुन्का (महिला) भएको पत्ता लागेसँगै उनीहरूको थप विवरण र खोजी कार्य थालिएको थियो ।

लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी थालेपछि मंगलबार एक जना पुरुषको शव परेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । वीरेठाँटीस्थित एक्याप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका थिए ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै बाटैमा भदौ ९ गते झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।  गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसीले उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल पुरूषको शव भेटिएको र बेपत्ता महिलाको खोजी कार्य भइरहेको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds