अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

houston-texas

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ।

ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको अमेरिकाबाट प्रकाशित हुने अनलाइन हिमालय खबरले जनाएको छ।

कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ।

ती विद्यार्थी ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन्। प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ। मृतकको नाम मुना पाण्डे भएको बताइएको छ।

सोमबार अपराह्न यो हत्या भएको अनुमान गरिएको छ। मृतकको नेपालमा रहेकी आमा र परिवारलाई खबर भैसकेको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ