धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते

दुर्घटना

धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते

dhading micro

धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते भएका छन्।

मंगलबार मध्यान्ह १२ बजेतिर निलकण्ठ नगरपालिका-८ ससाह भन्ने ठाउँमा बस र माइक्रो ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आठ जना घाइते छन्।

काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०४२९ नम्बरको माइक्रो र धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९८ नम्बरको बस ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका एक जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको डिएसपी मिश्रले बताए।

घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। दुर्घटनाबाट सडक अवरूद्ध नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ