काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा. मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् ।
मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । संस्थापक महामन्त्री ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको भन्दै पार्टीबाट नभएको दोहोर्याएका हुन् ।
डा. ढकालले आफू न्यायिक निर्णयबाट रास्वपाको महामन्त्रीमा फर्किने बताएका छन् । सहकारी प्रकरणका सवालमा रविले आमजनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडेको भन्दै आएका प्रमाणलाई किर्ते भनेर भ्रम छरिरहेको उनको भनाइ छ ।
लामिछानेले न्यायिक निकायमा भएको विचाराधीन विषयलाई प्रभावित पार्ने कोसिस गरिरहेको उनले बताए । उनले नैतिकता गुमाएको भन्दै लामिछानेलाई नैतिक हुन र भ्रम नछर्न सुझाव दिएका छन् ।
उनले रास्वपा सभापछि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :
रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।
र अर्को कुरा ,
सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते