बेनी नजिक सडकमै बस पल्टियो, ४ जना घाइते

दुर्घटना

बेनी नजिक सडकमै बस पल्टियो, ४ जना घाइते

एक जनालाई थप उपचारका लागि पोखरा ल्याइयो

acc beni

म्याग्दीको सदरमुकाम बेनी बजार नजिक यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

बेनीबाट गलेश्वर तर्फ जाँदै गरेको ना ५ ख २८९८ को यात्रुवाहक बस सोमबार साँझ साढे ५ बजेतिर बेनी नगरपालिका ६, ठुलोबौर स्थित  सडकको छेउमा ठक्कर खाई सडकमै पल्टिएको हो ।

बसमा सवार चालकसहित ४ जना घाइते भई उपचारको लागि बेनी अस्पताल, म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर राजन रायमाझीले जानकारी दिए ।

चालक म्याग्दी जिल्ला रघुगंगा ०१ तिप्ल्याङ बस्ने वर्ष ३० को रमेश खड्काको टाउको, दायाँ हातको कुहिना र बायाँ हातको कुममा चोट लागेको छ । यस्तै, बसमा सवार २९ वर्षका भुमिराज रानामगरको टाउकोमा चोट लागेको छ । दुवै अहिले बेनी अस्पतालमा उपचाररत छन् ।

सहचालक २८ बर्षका धन कुमार बुढाको बायाँ खुट्टाको घुँडामा सामान्य घाउ लागेको र अवस्था सामान्य रहेकाले डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।

तिप्ल्याङ बस्ने वर्ष २८ को रोशन पुर्जाको दुवै खुट्टामा गहिरो चोट र अण्डकोषमा चोट लागेकाले उनलाई थप उपचारको लागि पोखरा रेफर गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ