११ वटा स्थानीय तह रहेको स्याङ्जामा स्थानीय तथ संस्थागत क्षमता स्वमूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका सबैभन्दा धेरै अङ्क ल्याएर सर्वोत्कृष्ट भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १० वटा पालिकालाई पछि पार्दै अर्जुनचौपारी गाउँपालिकाले ८६.०० अङ्क ल्याएर जिल्लामा सर्वोत्कृष्ट भएको हो ।
अर्जुनचौपारी गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५ अङ्क प्राप्त गरेको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १५, न्यायीक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७.५ र सहकार्य तथा समन्वयमा ४.५ अङ्क पाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आ.व. २०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा अनुसार गाउँपालिकातर्फ फेदिखोला गाउँपालिकाले ८४.७५ अङ्क, कालीगण्डकी गाउँपालिकाले ८४.५० अङ्क, आधिखोला गाउँपालिकाले ८४.०० अङ्क, हरिनास गाउँपालिकाले ६७.५० अङ्क र बिरुवा गाउँपालिकाले ६७.२५ अङ्क ल्याएका छन् ।
त्यस्तै, नगरपालिकातर्फ वालिङ् नगरपालिकाले ८२.५० अङ्क, गल्याङ नगरपालिकाले ८२.०० अङ्क, भीरकोट नगरपालिकाले ८१.२५ अङ्क, पुतलीबजार नगरपालिकाले ६६.२५ अङ्क र चापाकोट नगरपालिकाले ५२.५० अङ्क प्राप्त गरेका छन् ।
मन्त्रालयले गाउँ/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवयापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०७९/०८० को नतिजाको गुणस्तर परीक्षणको कार्य सम्पन्न गर्दा अर्जुनचौपारी गाउँपालिका सर्वोत्कृष्ट भएको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
विभिन्न १० शिर्षकमा मन्त्रालयले गुणस्तर परिक्षण पश्चात कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजामा सर्वोत्कृष्ट ल्याउन जनप्रतिनिधिले गर्ने आवश्यक निर्णय तथा कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गर्ने कर्मचारीको साथ रहेको पालिका अध्यक्ष तिवारीको भनाइ थियो ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो