नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
पेनाल्टीमा नेपालका लागि राम थापा, अभिनास स्याङतान र सिमान्त थापा गोल गरेका थिए।
भुटानका जोत्सिन दोर्जीले पहिलो गोल गरे। तर दोस्रो प्रहार गरेका जिग्मे नाम्गेल र तेस्रो प्रहार गरेका उर्गेन दोर्जीको प्रहारलाई नेपालका गोलकिपर जियरत शेखले विफल पारे।
नेपालका लागि चौथो पेनाल्टी उनै शेखले प्रहार गरे। जसमा शेखले गोल गर्दै नेपाललाई फाइनलमा पुर्याए।
खेलमा अग्रता भने भुटानले लिएको थियो। ५६ मिनेटमा जोत्सिन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई नेपालका गोलकिपर जियारत शेखले भेउ पाउन सकेनन्।
भुटान ७७ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए। उनले नेपालका खेलाडीमाथि फाउल गरेक थिए।
७८ मिनेटमा नेपालले बराबरी गोल फर्काउन सफल भयो। भुटानले रातो कार्ड पाएपछि प्राप्त फिकिङ बलबाट आएको पासबाट निराजन धामीले सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए।
अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
ल्वाङगाउँमा मेला जारी, बुधबारदेखि पुरुषतर्फको भलिबल सुरु
पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा
एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने
केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित
पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने
सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर