सेती नदी कटानले सतीघाट पुग्नै समस्या

सेती नदी कटानले सतीघाट पुग्नै समस्या

sati-ghat-bato

गण्डकी । सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।

घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

“घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उनले भने, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।”

वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उनले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिए । रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds