आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमबार साढे ३ घण्टा बन्द हुने

आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमबार साढे ३ घण्टा बन्द हुने

Aina Pahara Pahiro3

आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमबार साढे ३ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिने बताएको छ ।

शुक्रबार ऐनापहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गर्न लागिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गर्न लागिएको उहाँको भनाइ छ । बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ