रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्थानीयबासिन्दाका अनुसार अझै ४ जना बेपत्ता रहेको छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परी ज्यान गुमाउनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ रहेका छन् । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते भएकी छन् । घाइते अञ्जनाको गाउँमै उपचार भइरहेको छ ।
पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् ।
पहिरोले घर बगाउँदा केही पशुचौपाया पनि बेपत्ता छन् । पहिरोका कारण पुरै बस्ती जोखिममा रहेको बताइएको छ ।
दोरम्बा शैलुङको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।
रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहसहित ११ जनाको टोली, नेपाली सेता, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी र उद्धारको काम जारी रहेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते