सर्पले टोक्दा दिदीबहिनीको मृत्यु, ४ जना घाइते

सर्पले टोक्दा दिदीबहिनीको मृत्यु, ४ जना घाइते

death snake

कैलाली । कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो गौरीगंगा नगरपालिका–७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।

यस्तै, शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका– ५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका–३ की ३४ वर्षीया उर्मिला कठरिया घाइते भएका छन् ।

उनीहरूमध्ये केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ