चितवनको घुमाउनेमा बस अनियन्त्रित भई पल्टियो

दुर्घटना

चितवनको घुमाउनेमा बस अनियन्त्रित भई पल्टियो

१५ यात्रु घाइते, २ जनाको अवस्था गम्भीर

bus paltiyo

तस्वीरः मुग्लिन बजार

मुग्लिङ–नारायणगढ सडकखण्डको भरतपुर-२९ घुमाउनेमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा ७ बजे घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो। सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको छ।

दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds