राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दा समेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् ।
चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा उनले हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आएको बताए ।
‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए’, उनले भने, ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु ।’ सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुःख दिएर आफ्नो बद्नाम गर्न खोजिएको बताएका छन् ।
भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने बताए । उनले बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए । उनले भने, ‘संसदमै कडा प्रतिवाद गछौं, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं ।’
उनले दुई ठूला दल कांग्रेस र एमालेको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने बताए । ‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन’ लामिछानेले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अवसर उहाँहरुको लागि ‘अन्तिम भोज’ जस्तै हुनेछ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते