मर्स्याङ्दी दुर्घटनामा मृतकका शव भारतीय वायुसेनाको विमानमार्फत लगियो

मर्स्याङ्दी दुर्घटनामा मृतकका शव भारतीय वायुसेनाको विमानमार्फत लगियो

उपचाररत घाइते भेट्न आइन् केन्द्रीय युवा राज्यमन्त्री

indian army plane

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेकाे यात्रुबाहक बस शुक्रबार सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ ।

शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले उनीहरूका शव भने शववाहनमार्फत् पठाइएको छ ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् । उनी घाइतेहरू भेट्न नेपाल आएकी थिइन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा यात्रु ४१ र चालक तथा सहचालक गरी ४३ जना सवार थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ