झापा । झापामा १६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
शुक्रबार राति अर्जुनधारा–५ की किशोरीमाथि चारजना युवाले सामूहिक बलात्कार गरेका पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्।
किशोरीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो। थप तीन जनाको खोजी भइरहेको बुझिएको छ।इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार घटनाको ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ।
पीडित परिवारका अनुसार पीडकमध्येका दुईजनाले शुक्रबार अपराह्न किशोरीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए। त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटलमा पु¥याएका थिए। त्यहाँ उनका अरू दुईजना साथीहरू थिए।
उनीहरू चारजनाले नै रातभर किशोरीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन्।
घटनापछि बिहान पिडकमध्येका सुनील राजवंशीले पीडित किशोरीलाई मोटरसाइकलमा पीडितको घर पुर्याएका थिए। उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए।
तर, किशोरीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पनि पक्राउ गरेको जनाएको छ।
सम्बन्धित खबर
१४ महिनापछि राजीनामा दिन्छु अनि शेरबहादुरजी प्रधानमन्त्रीः ओली [भिडियो]
‘मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्, क्याबिनेट बस्दा अब मोबाइल बाहिरै’: प्रवक्ता गुरूङ
सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न ७ दिने अल्टिमेटम, दर्ता नभए प्रतिबन्ध लगाउने
सत्ता समीकरण फेरबदल नहुने देउवाको प्रष्टीकरण [भिडियो]
सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध