अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

egg

पोखरा । भदौ लागेपछि अण्डाको माग बढेसँगै मूल्य पनि बढेको छ । साउनमा धेरैले माछामासु नखाने भएकोले अण्डाको उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले बताऐ । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर सबैभन्दा अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ ।

यस्तै ठूलो अण्डा चार सय ९५ रुपैयाँ र मध्यम अण्डाको मूल्य चार सय २५ रुपैयाँ तोको छ । साउनमा बिक्री हुन बाँकी अण्डा बिक्री भइसकेको र माग पनि बढेकाले मूल्य बढाएको उत्पाकहरुले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds