तीजको दर खाएपछि ३१ जना बिरामी

तीजको दर खाएपछि ३१ जना बिरामी

hospital-birami

रूपन्देही । रूपन्देहीको देवदह नगरपालिकामा तीजको दर खाएपछि ३१ जना बिरामी परेका छन् । नगरपालिकाको वडा नं. ५ र ६ का महिला र पुरुषले सामूहिक दर खाएपछि उनीहरूलाई स्वास्थ्य समस्या भएको हो ।

भदौ ६ गते सहारा आमा समूहमा आबद्ध महिलासहित उनीहरूका परिवार सहभागी भई सामूहिक दर खाएका हुन् । बिहानै खाजा पकाइ खाएर बुटवलको फूलबारी घुमी फर्केका उनीहरूले पुनः खाना खाई रमाइलो गरेर घर गएका थिए ।

बेलुकादेखि बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको थियो । ३१ जनामध्ये पाँच जनाले घरमै औषधि ल्याएर खाएका र अरुले नजिकैको क्लिनिक तथा अस्पतालमा गरेर उपचार गराएका छन्।

धेरैजसो बिरामी निको हुँदै गए पनि चार जनालाई भने देवदह मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएको छ।

दरमा ब्रोइलर कुखुरा र खसीको मासु, तरकारी, अचार, भात लगायतको प्रयोग भएको बताइएको छ।

खानामा केही तादात्म्यता नमिल्दा बिरामी परेको हुन सक्ने गिरी मेडिकलका संचालक छविराज गिरीले बताए । उनले बिरामीले अचार, मासु, तरकारी सबै चिज खाएको र तीनैमध्ये केही खाद्यान्न नमिल्दा यसरी असर गरेको हुन सक्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ