जर्मनीमा चक्कु प्रहार : ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

जर्मनीमा चक्कु प्रहार : ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

chakku

पोखरा । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ सहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवको समयमा आक्रमण भएको थियो। आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।

त्यहाँको प्रहरीका अनुसार एक व्यक्तिले अन्धाधुन्ध रूपमा छुरा प्रहार गरेका थिए। आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू सहर माथि घुमिरहेको देखिएको छ। प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ। सवारी साधनहरू विशेष टास्क फोर्सका अधिकारीहरूले कमान्ड गरिरहेका छन्। सडकहरू अवरुद्ध गरिएको छ भने अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न भनेका छन् ।

आक्रमणको समयमा औद्योगिक सहर स्थापना भएको ६५० औँ वर्षगाँठ मनाइँदै थियो । घटनापछि उत्सवका कार्यक्रमहरू रद्द गरिएको छ।

सोलिङ्गेन उत्तर राइनल्याण्ड–वेस्टफालियाको एक सहर हो । यो स्टिल उद्योगको लागि प्रसिद्ध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ