पोखरा वडा नं. १३ मा घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता नविकरण

सहजता

पोखरा वडा नं. १३ मा घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता नविकरण

वडामा आएर सेवा लिन सक्नेले भदौ ३१ गतेसम्ममा दर्ता गराइसक्नु पर्ने

kiran baral

पोखराको वडा नं. १३ कार्यालयले अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिकहरूको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने जनाएको छ ।

वडा अध्यक्ष किरण बरालले अपांगता भएका, अशक्त भएका तथा ज्येष्ठ नागरिकको हितको लागि वडाले यो कार्य गरेको जनाएका छन् ।

उनले भनेका छन्ः ‘हामी अभिभावक हौँ र रहिरहनेछौँ । फेरि पनि अभिभावकत्व ग्रहण गर्ने अवसर पाएका छौँ । हाम्रो लागि स्वर्णिम अवसर हो । यसै सूचनालाई आधार मान्नु हुनेछ भनेर आशा गरेको छु । यसबाट सम्पूर्ण लाभान्वितहरूले आफ्नो फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’

वडाध्यक्ष बरालका अनुसार नाम दर्ता नगरेकाले वडामा पुगेर भदौ १४ गतेसम्म दर्ता गर्नुपर्नेछ । र, वडामा आएर सेवा लिन सक्नेले आगामी ३१ गतेसम्ममा दर्ता गराइसक्नु पर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds