पोखराको सिर्जनाचोकमा स्कुटर ठोक्किँदा धौलागिरी दोहोरीका म्यानेजर गुरूङको निधन

दुर्घटना

पोखराको सिर्जनाचोकमा स्कुटर ठोक्किँदा धौलागिरी दोहोरीका म्यानेजर गुरूङको निधन

शोकमा आज पोखराका सम्पूर्ण दोहोरी साँझ बन्द

susan

पोखरा सिर्जनाचोक स्थित रहेको आकाशे पुलको पोलमा सवारी ठोक्किँदा एक युवकको ज्यान गएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर भानु शर्माका अनुसार मृत्यु हुनेमा धौलागिरी दोहोरी साँझका म्यानेजर सुशान गुरुङ रहेका छन् । पर्वतको पैयु गाउँपालिका वडा नम्बर ७ हिलेका स्थायी बासी उनी पोखरामा रहँदै आएका थिए ।

आज शुक्रबार सबेरै ४ बजे पोखरा महानगरपालिका वडा नं. ८ सिर्जना चोक स्थित आकाशे पुलको पोलमा उनी सवार ग २१ प ५४५० नम्बरको स्कुटर ठोकिएको हो ।

दुर्घटनापछि सुशानलाई उपचारको लागि नजिक रहेको मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको शर्माले जनाए ।

यता, पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंले गुरुङको निधनमा शोक व्यक्त गरेको छ । संघले आज भदौ ७ गते पोखरामा रहेका सम्पूर्ण दोहोरी सॉझहरु बन्द गरिदिन आग्रह पनि गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ