काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो धादिङको गल्छीमा दुर्घटना

दुर्घटना

काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो धादिङको गल्छीमा दुर्घटना

galchhi acc

काठमाडौंबाट पोखरा आउँदै गरेको इभी माइक्रो बस धादिङको गल्छीस्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

वर्षाका कारण सडक चिप्लो हुँदा गल्छी गाउँपालिका–७ स्थित सिमबजारमा सो माइक्रो बस दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ।

सो माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

गण्डकी एफएए ०१२१ नम्बरको माइक्रोबस सडकमै पल्टिँदा माइक्रोमा सवार १५ जनामध्ये ६ जना घाइते भएका थिए।

घाइते हुनेहरूमा काइक्रो चालक तनहुँको घिरिङ गाउँपालिका–२ बस्ने वर्ष ३० को लिल बहादुर राना (दायाँ हात र कुममा चोट, अवस्था सामान्य), नवलपुरको बुङ्दीकालिका गाउँपालिका–२ बस्ने ३६ बर्षीया विमला श्रेष्ठ (दायाँ छातिमा चोट, अवस्था सामान्य), तनहुँको भिमात नगरपालिका–४ बस्ने ५० बर्षीया नैना परियार (टाउको र दाया हातको कुममा चोट अवस्था मध्यम) रहेका छन्।

यस्तै, डोटी जिल्ला आदर्श गाउँपालिका–१ बस्ने वर्ष ३५ को लोकेश खड्का (बायाँ खुट्टामा चोट, अवस्था सामान्य), लोकेशका छोरा ५ बर्षका शिरामनाथ खड्का (बायाँ गाला र बायाँ आँखामा चोट, अवस्था सामान्य) र तनहुँको व्यास नगरपालिका–१० बस्ने वर्ष ३६ को करण गुरूङ (ढाडमा चोट अवस्था समान्य) रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार, घाइतेहरूको गल्छीस्थित स्मारिका मेडिकलमा उपचार भईरहेको छ भने माइक्रो प्रहरी चौकी गल्छीकोे नियन्त्रणमा रहेको डिएसपी मिश्रले बताए।

माइक्रोमा सवार अन्य यात्रुहरूलाई अर्को सवारीमा गन्तव्यतर्फ पठाइएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ