पोखरामा स्कूल बस दुर्घटना, तीनवटा ट्याक्सीमा क्षति, चालक घाइते

दुर्घटना

पोखरामा स्कूल बस दुर्घटना, तीनवटा ट्याक्सीमा क्षति, चालक घाइते

बस तल सडकमा खस्दा पार्किङमा रहेका ट्याक्सीहरूमा क्षति

bus new model

पोखरा वडा नंं १७, घारीपाटन चोकमा शुक्रबार दिउँसो स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा चालक घाइते भएका छन्, विद्यार्थीहरू सकुशल छन् ।

पोखरा-८ स्थित न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको छ ।

दुर्घटनामा बस चालक स्याङ्जा भिरकोट नगरपालिका-२ बयरघारी घर भई हाल पोखरा-९ कृष्णटोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बस चालक गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।

बसमा २० जना विद्यार्थी सवार थिए । उनीहरु सबै सकुशल रहेका छन् ।

सडक माथिबाट बस तल सडकमा खस्दा पार्किङमा रहेको ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडिको भागमा क्षति, ग १ ज २२४१ नम्बरको ट्याक्सीको अगाडिको भागमा क्षति र ग १ ज ४१८० नम्बरको ट्याक्सीको बम्पर र सिसा फुटेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds