पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुलमा साप्ताहिक कृषि हाट बजार सुरु भएको छ ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्समार्फत सङ्कलन तथा ढुवानी गरिएको ताजा तरकारीको विक्री वितरण गर्ने गरी उक्त बजारको शुभारम्भ गरिएको हो ।
पोखरा-९ को व्यवस्थापनमा सञ्चालन हुने उक्त बजारको महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

सो अवसरमा महानगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको कृषि उपजको सुरक्षित ढुवानी सहितको स्वच्छ तरकारी उपभोक्ताले उपभोग गर्न पाउने बताए ।
महानगरपालिका कृषकको साथमा रहेको उल्लेख गर्दै उनले कृषि उपजको बजारीकरणका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहरी वडा भएका कारण उत्पादनका लागि पर्याप्त ठाउँ नभएको र महानगरका ग्रामीण क्षेत्रमा उत्पादन भएका ताजा तरकारी वडावासीलाई खुवाउन पाएकोमा खुसी व्यक्त गरे ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ग्रामीण वडाका कृषकलाई प्रोत्साहन गर्दै उत्पादनमा आवश्यक सहजीकरण गरिएको बताए । कृषि एम्बुलेन्समार्फत सुरक्षित ढुवानी र बजार व्यवस्थापनमा समेत महानगरले सहयोग गरिरहेको उनले बताए ।

महेन्द्रपुल नेपाल टेलिकमको आडमा हरेक हप्ताको बिहीबार साँझ कृषि एम्बुलेन्समार्फत सङ्कलन गरिएका ताजा तरकारीको हाट बजार लाग्नेछ ।
यस प्रकारका बजार सातै बार महानगरका विभिन्न वडामा सञ्चालनको व्यवस्था मिलाइएको छ । २० बढी स्थानमा सङ्कलन केन्द्र र बजार क्षेत्रमा विक्री केन्द्रसमेत सञ्चालन गरिएका छन् ।













तस्वीरः सञ्जय शाक्य/गण्डकन्यूज
सम्बन्धित खबर
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
पिसिएममा ‘शिक्षण र सिकाइः चुनौती र रणनीति’ विषयक कार्यशाला
पोखरामा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरामा ६८ औं सहकारी दिवस मनाइयो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर