मर्स्याङ्दीमा खसेको बसमा भारतीय नागरिक मात्रै सवार

दुर्घटना

मर्स्याङ्दीमा खसेको बसमा भारतीय नागरिक मात्रै सवार

४१ जना दुई दिन पोखरा घुमेर काठमाडौं प्रस्थान

bus acccc

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा खसेको यात्रुवहाक बसमा सबै भारतीय नागरिक सवार रहेको खुलेको छ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले भने  – ‘पोखराको ड्यामसाइडको एक होटलमा उहाँहरू बस्नु भएको रहेछ। आज बिहान ७:३० बजे यहाँबाट बस काठमाडौंका लागि छुटेको रहेछ । पोखराको होटलमा ४१ जना बसेको रेकर्ड छ। उनीहरू भारतको गोरखपुरबाट आएको भन्ने जानकारी छ। सबै भारतीय नागरिक हुन्।’

भदौ ५ गते उनीहरू पोखरा आइपुगेको होटलको रेकर्डमा देखिने प्रहरीले जनाएको छ। उनीहरू पोखरामा दुई दिन घुमेर काठमाडौंका लागि शुक्रबार बिहान छुटेका थिए।

यो बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ