उपसभामुखले लेखेको पत्रका विषयको फाइल सीआईबी पठाइदिने तयारी

उपसभामुखले लेखेको पत्रका विषयको फाइल सीआईबी पठाइदिने तयारी

Indira-rana

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासका लागि लेखेको पत्रका विषयमा संसदीय समितिका सदस्यहरुले उजुरीमाथि अध्ययन सकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइदिने तयारी भएको छ ।

उपसभामुख रानामगरले पदको दुरुपयोग गरी काठमाडौँमा रहेको अमेरिकी दूतावासलाई भिसा समयका लागि पत्र लेखिदिएर पदको दुरुपयोग गरेको भन्दै बर्खास्तको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध समितिमा उजुरी गरेका थिए । राष्ट्रसंघीय कार्यक्रम ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं बैठकमा भाग लिन जान लागेकी उपसभामुख राना मगरले थप पाँचजनाको भिसा समयका लागि अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ