राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित महामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणको जवाफ दिएका छन्। उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो।
त्यसको जबाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन्। साथै, ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन्।
सभापति लामिछाने ‘ठग, भ्रष्ट र अपराधी’ रहेको आरोप ढकालको छ। सहकारी मुद्दामा लामिछाने जेल जान सक्ने ढकालको भनाइ छ।
‘मैले पत्र संख्या ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिएअनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन। बरु पार्टी जोगाउन म लडिरहेको छु। आज पार्टीलाई तपाईं रवि लामिछानेको निरङ्कुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु। तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो। तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ उनले जवाफमा भनेका छन्।
सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन्। भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ।
‘राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न। य सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ। आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ। आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ। म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’ उनले भनेका छन्।
सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उनले आरोप लगाएका छन्। प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गरेको पनि बताएका छन्।
‘यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ। आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ उनले भनेका छन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते