हेटौँडामा कार दुर्घटना हुँदा पोखराका श्रेष्ठसहित तीन घाइते

दुर्घटना

हेटौँडामा कार दुर्घटना हुँदा पोखराका श्रेष्ठसहित तीन घाइते

hetauda acc

मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

हेटौँडा-९ मास्टरचोकमा एलपी ग्याँस बुलेटले ग३च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ११ का ६३ वर्षीय पुरण श्रेष्ठ, कार चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं १ का ३३ वर्षीय चूडाबहादुर बिष्ट, लमजुङ बेंसीसहर नगरपालिका वडा नं ८ का १७ वर्षीया नेहा राना मगर छन् ।

घाइतेको हेटौंडास्थित सन्चो अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ