कैलालीमा डेढसयभन्दा बढी घर डुबानमा, १९ परिवार विस्थापित

कैलालीमा डेढसयभन्दा बढी घर डुबानमा, १९ परिवार विस्थापित

badhi-malawi

पोखरा । हिजो र अस्तीको वर्षाका कारण कैलालीमा एक हजार ५८ घरधुरी डुबानमा परेका छन्। तीमध्ये १९ घरधुरीका १०२ व्यक्ति विस्थापित भएका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।

विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीका १० परिवालाई वडा कार्यालयमा र अरुलाई सुरक्षित ठाउँमा सारिएको छ । दुई दिनदेखिको वर्षासँगै जिल्लाको कटैनी, शिबगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव पसेपछि बस्ती डुवानमा परेको हो ।

पानीको निकास हुन नपाउनेगरी पूर्वपश्चिम हुलाकी राजमार्गको कतिपय भागको सडक खण्ड निर्माण गरिएको कारण डुबानमा पर्ने गरिएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । उनीहरूले पानी निकास हुनेगरी हुलाकी राजमार्ग खण्डमा आवश्यक संरचना बनाउनुपर्ने माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds