पोखरा वडा नं. ५, पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयले विद्यार्थीबीच सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा दुई समूहमा विद्यार्थीहरूले सहभागिता जनाएका थिए । समूह एकमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू थिए भने समूह दुईमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू समावेश थिए।
कक्षा ५ सम्मको प्रतियोगितामा कक्षा ५ बी का बिन्ति सुवेदी, दीपशिखा केसी र श्रीषा तोलाङेको समूह प्रथम भयो । कक्षा ५ ए का यूनिक तिवारी, जिग्नेश बिक र एडिसन बुढाथोकीको समूह द्वितीय, कक्षा ४ बी का अभिषेक पराजुली, स्वीकृत अधिकारीको समूह तृतीय तथा कक्षा २ ए का गरिमा भट्टर दीपशिखा तिमिल्सिना तथा कक्षा १ ए का सुमित्रा गुरुङ र ४ की आकांक्षा गुरुङ चतुर्थ बने ।
यस्तै, कक्षा ६ देखि ९ सम्ममा कक्षा ९ की जेशिका रोका र आयुसा रोका प्रथम भए । कक्षा ८ बी का स्मारिका मगर र सुदिक्षा मोक्तान, कक्षा नौ का अल्भिना पन्त र यूनिस्का कार्की तथा कक्षा ७ ए का लक्ष्मण मानन्धर र प्रज्वल गिरीका टीमहरु द्वितीय स्थान प्राप्त गर्न सफल भए । कक्षा ७ ए का अनु पौडेल र सजिना गुरुङ तृतीय बने ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक प्रधानाध्यापक डा. महेश्वर पराजुलीले सांस्कृतिक नृत्यले हाम्रो समृद्ध सांस्कृतिक धरोहरलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘सांस्कृतिक नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो परम्परालाई जीवित राख्न र आगामी पुस्तालाई हस्तान्तरण गर्नको लागि एक महत्वपूर्ण साधन हो’ – उनले भने।
प्रतियोगिताको मूल्याङ्कन पोखरा कला केन्द्रका कबीर गुरुङले गरेका थिए ।
यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सिर्जनात्मकता अभिव्यक्त गर्न र सांस्कृतिक परम्पराको महत्त्वलाई अझै गहिरो रूपमा बुझ्न उत्कृष्ट प्लेटफर्म प्रदान गरेको विद्यालयको विश्वास छ । आफ्नो सीप र सांस्कृतिक धरोहरलाई नृत्यमार्फत संरक्षण गर्ने प्रयासलाई प्रदर्शन गरेका सबै विद्यार्थीहरुलाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।
विद्यालयले भविष्यमा यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूमा नेपाली संस्कृतिप्रति गर्व र सम्बन्ध बढाउने उद्देश्य पनि राखेको जनाएको छ।
सम्बन्धित समाचारः
चार जिपीए ल्याएकी अदितीसहित ४० विद्यार्थीलाई शान्ति निकेतनको बधाई र सम्मान
शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
शान्ति निकेतनका एसईई दिएका विद्यार्थीको बिदाई
शान्ति निकेतनमा खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण
शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’
शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
शान्ति निकेतनको वार्षिकोत्सवमा सम्मान र सहयोग
शान्ति निकेतनकी अदिती गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी