अमेरिकामा बेपत्ता नेपाली नर्सको अवस्था अझै अज्ञात, हत्या अभियोगमा श्रीमान पक्राउ

अमेरिकामा बेपत्ता नेपाली नर्सको अवस्था अझै अज्ञात, हत्या अभियोगमा श्रीमान पक्राउ

pakrau

पोखरा । अमेरिकाको भर्जिनियाबाट हराइरहेकी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका श्रीमान पक्राउ परेका छन् ।

हत्या अभियोगमा उनका श्रीमान नरेश भट्टलाई अमेरिकाको भर्जिनिया राज्य प्रहरीले गिरफ्तार गरेको हो । घरमा रातभर खानतलासी गरेपछि बिहीबार नरेशलाई प्रहरीले पक्राउ गरेको अमेरिकास्थित नेपालीभाषी सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनले नै ममताको हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जुलाई ३१ देखि सम्पर्कविहीन भएकी २८ वर्षीया ममताको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । प्रहरीले भने उनका श्रीमान नरेशले नै हत्या गरेर शव लुकाएको अभियोगमा पक्राउ गरेको समाचारमा उल्लेख छ ।

नरेशलाई उनलाई शुक्रबार अदालतमा पेश गर्ने तयारी छ ।

सम्पर्कबिहीन भएकी पत्नीको बारेमा पाँचदिनपछि मात्रै उनले रिर्पाेट गरेका थिए । नरेशले अनुसन्धानमा पनि नसघाएको प्रहरीले जनाएको छ ।

ममताकी एक वर्षीया छोरी पनि छिन् । उनलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ