पोखरा । कास्कीभर तीजमा तडकभडकसहितका खर्चिला कार्यक्रम गरे कारबाही गरिने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार सूचना जारी गर्दै तीजका नाममा होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्न नपाइने भनेको छ ।
यस्ता किसिमका कार्यक्रम गर्न रोक लगाइएको जानकारी गराउँदै गरगहना प्रदर्शन र ध्वनी प्रदुषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीज पर्वको मौलिकतामाथि आँच आउने तथा विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पुर्याउने खालका भड्किला कार्यक्रम तथा क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।
सूचनाको वर्खिलाप हुने गरी भए गरेका कार्यक्रमको प्रशासनबाट सुक्ष्मरुपमा निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली, २०३३ र अन्य प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिइएको छ ।
साथै सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था र महिला सञ्जाल तथा सबै जिल्लावासीबाट सहयोग हुने सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो